Rule 21
प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्ने कागजात
(१) ऐनको दफा १८ बमोजिम मालवस्तु निकासी वा पैठारी गर्ने व्यक्तिले प्रज्ञापनपत्र भरी सम्बन्धित क्षेत्रको भन्सार अधिकृतसमक्ष पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछः–
(क) तेस्रो मुलुकबाट मालवस्तु पैठारी गर्दा,–
(१) भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात,
(२) बीजक (इन्भ्वाइस),
(३) प्याकिङ्क लिष्ट,
(४) बिल अफ लेडिङ्ग वा एयरवे बिल,
(५) उत्पत्तिको प्रमाणपत्र,
(६) विदेशी विनिमय नियन्त्रण (वि.वि.नि.) फाराम,
(७) भारतमा ट्रान्जिट भई पैठारी गरिने मालवस्तुको हकमा भन्सार पारवहनसम्बन्धी कागजात,
(८) हवाई मार्गबाट पैठारी हुनेमा सम्बन्धित एयरलाइन्सको डेलिभरी अर्डर,
(९) भन्सार कार्यालयमा कुनै टर्मिनल सञ्चालक भएकोमा त्यस्तो टर्मिनल सञ्चालकले जारी गरेको डेलिभरी अर्डर,
(१०) प्रचलित कानून बमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धीे कागजात ।
(ख) भारतबाट मालवस्तु पैठारी गर्दा,–
(१) बीजक ( इन्भ्वाइस),
(२) प्याकिङ्क लिष्ट,
(३) प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धीे कागजात,
(४) इनबन्ड अन्तर्गत पैठारी गर्दा उपखण्ड (१), (२) र (३) का अतिरिक्त नेपाल इन्भ्वाइस (इनवण्ड फाराम), बि.वि.नि. फाराम, भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात र सोमा उल्लेख भए बमोजिमका कागजातहरू,
(५) ……………
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “इनबन्ड” भन्नाले नेपाल राष्ट्र बैङ्कले तोकेको प्रक्रिया अनुसार परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी भारतबाट पैठारी गर्ने प्रक्रिया सम्झनु पर्छ ।
(ग) निकासी गर्दा,–
(क) बीजक (इन्भ्वाइस),
(ख) प्याकिङ्क लिष्ट,
(ग) उत्पत्तिको प्रमाणपत्र,
(घ) तेस्रो मुलुकमा निकासी हुनेमा भुक्तानी प्रक्रियासम्बन्धी बैङ्किङ कागजात,
(ङ) प्रचलित कानून बमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात ।
तर जि.एस.पि. जारी भई निकासा हुनेको हकमा उत्पत्तिको प्रमाणपत्र वाध्यकारी हुने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै फर्म वा उद्योगले पहिलो पटक मालवस्तु निकासी वा पैठारी गर्न लागेको भए फर्मको हकमा फर्म दर्ताको प्रमाणपत्र, उद्योगको हकमा उद्योग दर्ताको प्रमाणपत्र र त्यस्तो फर्म वा उद्योगको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समेत पेश गर्नु पर्नेछ ।